जोडिनुहोस
  • होमपेज
  • राष्ट्रियसभाको बैठक स्थगित

राष्ट्रियसभाको बैठक स्थगित

काठमाडौ । राष्ट्रियसभाको बैठक सूचना टाँस गरेर स्थगन भएको छ । बिहीबार १ बजेर १५ मिनेटका लागि बोलाइएको बैठक आइतबारसम्मका लागि स्थगन गरिएको हो ।

सोसम्बन्धी जानकारी विज्ञप्ति जारी गर्दै महासचिव पद्मप्रसाद पाण्डेयले दिए । “राष्ट्रियसभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सम्माननीय अध्यक्षले मिति २०८१ असार ३० गते आइतबार अपराह्न १ः१५ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,” पाण्डेयद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।

आजको बैठकमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल गरी पारित गर्ने तयारी रहेको थियो । यस्तै, भन्सार महसुल विधेयक प्रतिनिधिसभामा पठाउने प्रस्ताव प्रस्तुत गर्ने लगायतका सम्भावित कार्यसूची रहेका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका