
नारायणी नदीले सतर्कता तह पार गरेको छ । नारायणी नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नदीले सतर्कता तह पार गरेसँगै नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित हुन आग्रह गरिएको छ ।
नारायणी नदीको देवघाटस्थित जल मापन केन्द्रका अनुसार आज मध्याह्न १२ः०५ बजे नदीले सतर्कता तह पार गरेको हो । अहिले नदीमा पानीको सतह ७।३७ मिटर पुगेको छ । नदीमा पानीको सतह निरन्तर बढ्ने क्रममा रहेको देवघाटस्थित जलमापन केन्द्रले जनाएको छ ।