जोडिनुहोस
  • होमपेज
  • अल्पमतमा परेपछि संसद् विघटन गर्नेले नैतिकताको पाठ पढाए : प्रचण्ड

अल्पमतमा परेपछि संसद् विघटन गर्नेले नैतिकताको पाठ पढाए : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेले आफूलाई नैतिकताको पाठ पढाएको भन्दै आपत्ति जनाए ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै उनले आफू अल्पमतमा परेपछि संसद् विघटन गर्नेले आफूलाई नैतिकता पठाएको भन्दै आपत्ति जनाए । “आफू अल्प्मतमा परेपछि संसदु् विघटन गर्ने बानी परेका र त्यसको समर्थन गरेका साथीहरुले मलाई नैतिकताको पाठ पठाउने प्रयास गर्नुभयो । साथीहरुलाई यति भन्न चाहन्छु यो संविधानमा नेकपा माओवादी केन्द्रको सबैभन्दा ठूलो लगानी छ । यसलाई कमजोर बनाउन दिने छैन,” उनले भने ।

उनले अल्पमतमा परिरेको बेला नेकपा एमालेले कस्ता कस्ता रणनीति निर्णय गरेको थियो रेकर्डमा सुरक्षित रहेको बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका