
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढी पहिरोका कारण क्षति भइरहेका बेला सरकारका परिवर्तनको प्रक्रियामा लाग्नु बिडम्बना भएको बताएका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा उनले बाढी पहिरोका कारण क्षति पुर्याएको बेला सबै एक ठाउँमा हुनुपर्नेमा त्यस्तो हुन नसकेको बताए । उनले आज विश्वासको मत लिने कि नलिने भन्नेमा आज बिहान आफू दोधारमा परेको बताए ।
“सरकारको परिवर्तन र विश्वासको मत लिने नलिनेको बिडम्बनामा छौं । आज बिहान सोचेको त थिएँ । आजै विश्वासको मत माग्न उचित हुन्छ कि हुन्न होला भन्ने सोेचेँ,” उनले भने ।