
काठमाडौं– काठमाडौँ जिल्लाको शंखरापुर नगरपालिका–१ चापाकोटस्थित साँखु मेलम्ची सडकखण्डको छाप भन्ज्याङ्गमा असार २८ गते बिहान अविरल वर्षाको कारण पहिरो गई अवरुद्ध भएको सडक खुलाइएको छ ।
सुरक्षा बेश लप्सिफेदीबाट खटिएको सशस्त्र प्रहरीले पहिरो हटाई सडक सुचारु गरेको हो । यसै गरी तनहुँ जिल्लाको बन्दिपुर गाउँपालिका–१ ठुलोढुङ्गास्थित पृथ्वीराजमार्गमा र भानु नगरपालिका–३ चाम्बासस्थित डुम्रे बेशिसहर सडकखण्डमा असार २८ गते बिहान आएको अविरल वर्षाको कारण माथिबाट पहिरो गई पूर्ण रूपमा अवरुद्ध भएको सडक नं. २३ गणको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले पहिरो हटाई सडक सुचारु गरेको छ ।