जोडिनुहोस
  • होमपेज
  • हितराज पाण्डेको गुनासो- बेचन झाको पक्राउपछि नयाँ गठबन्धन बन्यो

हितराज पाण्डेको गुनासो- बेचन झाको पक्राउपछि नयाँ गठबन्धन बन्यो

काठमाडौं– नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बेचन झाको पक्राउ पछि नयाँ गठबन्धन बनेको दाबी गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक पाण्डेले सरकारले सुशासनका काम अगाडी बढाएको र खास गरी बेचन झाको पक्राउपछि परिस्थिति बदलिएको दाबी गरेका छन् । पाण्डेले संक्रमणकालीन न्याय र शान्ति प्रक्रियासँग सम्बन्धी काम एक दलको मात्र नभएर सबैले यसलाई गम्भीरतापूर्वक लिन आग्रह गरेका छन् ।

उनले सरकारले सरकारी कार्यालयमा लाग्ने लामो लाइनलाई हटाएको, नागरिकताको समस्या समाधान गरेको र सुशासनका काम गरेको दाबी गर्दै अन्तर्राष्ट्रिय तहमा सरकारले आफ्नो उपस्थिति राम्रोसँग देखाएको दाबी गरे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका