जोडिनुहोस
  • होमपेज
  • विश्वास र अविश्वासको प्रक्रियाबाट राजनीति अघि बढेको छ : अध्यक्ष राई

विश्वास र अविश्वासको प्रक्रियाबाट राजनीति अघि बढेको छ : अध्यक्ष राई

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले विश्वास र अविश्वासको प्रक्रियाबाट राजनीति अघि बढिरहेको बताएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको विश्वासको मतको बारेमा बोल्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष राईले छिटो छिटो विश्वास अविश्वासमा परिणत हुने र अविश्वास विश्वासमा परिणत भइरहेको बताए । उनले विश्वास र अविश्वासको प्रक्रियाबाट शासन व्यवस्था र सरकार गुज्रिरहेको बताए । उनले यसबाट कोही पनि निराश हुनु नपर्ने बताए । उनले पख्लास् र चाख्लास्को विषयवस्तु बनाउन नहुने बताए ।

अध्यक्ष राईले जनता समाजवादी पार्टीले दुई ठुला दलहरू मिलेर जाने कुरालाई समर्थन गरेको बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका