जोडिनुहोस
  • होमपेज
  • नयाँ सरकारले जनताका सबै खालका अफ्ठ्यारो सल्टाउनु पर्छ : प्रेम सुवाल

नयाँ सरकारले जनताका सबै खालका अफ्ठ्यारो सल्टाउनु पर्छ : प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नयाँ सरकारले जनताको सबै खालको अफ्ठ्यारो सल्टाउनुपर्ने बताएका छन् ।

विगतका सरकारहरूले भ्रष्टाचारलाई बढावा दिएको, जनताको पक्षमा काम नगरेको उल्लेख गर्दै उनले नयाँ सरकारले बाढी, डुबानपीडित जनतालाई राहत दिन ढिलाइ गर्न नहुने पनि बताए । शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेको विश्वासको मतबारे आफ्नो धारणा राख्दै सांसद सुवालले पटक पटक सरकार बन्ने परिपार्टीको अन्त्य गर्नुपर्ने उल्लेख गरे ।

“आउने सरकारले संसद्लाई प्राज्ञिक थलो बनाउने, जनताका अफ्ठ्यारो सल्टाउने थलो बनाउने, पहिरो र डुबानबाट जनतालाई सुरक्षित राख्ने तथा पीडितलाई सम्बोधन गर्ने अपेक्षा गर्दछु । प्राकृतिक विपद् त बर्सेनि देखिएको हो । सरकार गम्भीर नहुँदा जनधनको ठूलो क्षति भएको हो,” उनले भने । सांसद सुवालले नयाँ सरकारले संसद्लाई प्राज्ञिक थलोको रूपमा विकास गर्नुपर्ने बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका