जोडिनुहोस
  • होमपेज
  • नयाँ सरकार गठनको आह्वानअघि राष्ट्रपतिद्वारा कानुनविद्सँग परामर्श

नयाँ सरकार गठनको आह्वानअघि राष्ट्रपतिद्वारा कानुनविद्सँग परामर्श

काठमाडौँ । सरकार गठनको आह्वानअघि राष्ट्रपति रामचन्द्र पौडेलले कानुनविद्लाई छलफलमा बोलाइका छन् । उनले शुक्रबार अपराह्नका लागि वरिष्ठ अधिवक्ता, संविधानविद्लगायतलाई छलफलमा बोलाएका हुन् ।

संविधानविद् भीमार्जुन आचार्यले आफूलाई पनि राष्ट्रपति कार्यालयबाट बोलावट भएपनि नगएको बताए । नयाँ सरकार गठनका लागि कुन धाराको प्रयोग गर्ने भन्ने विषयमै राष्ट्रपतिले परामर्श गर्न चाहेको बुझेको उनको भनाइ छ । तर, उनले नयाँ सरकार गठनका लागि राष्ट्रपतिले संविधानको धारा ७६(२) वा (३) जुन प्रयोग गरेपनि फरक नपर्ने तर्क गरे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका