जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • कांग्रेसको आरोप : रविलाई जोगाउन सत्ता र राज्यसंयन्त्रको दुरूपयोग गरियो

कांग्रेसको आरोप : रविलाई जोगाउन सत्ता र राज्यसंयन्त्रको दुरूपयोग गरियो

काठमाडौं( प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका भनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जोगाउन सत्ता र राज्यसंयन्त्रको दुरुपयोग गरिएको आरोप लगाएको छ ।

मंगलबार सभामुख देवराज घिमिरेको आह्वानमा बसेको शीर्ष नेताहरूसहितको बैठकमा सहभागी भएर बाहिरिने क्रममा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेलाई जोगाउन राज्यसंयन्त्रको दुरुपयोग गरिएको जिकिर गरे ।

‘सरकारका निकायले नै गरेको अनुसन्धानले ठूला सहकारीबाट कनै प्रक्रिया नपुर्‍याई रवि लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेट्वर्कमा करोडौँ ऋण प्रवाह भएको देखिएकोछ’, उनले भने, ‘ती सहकारीका सदस्यसमेत नरहेका रविको नाममै पनि करोडौं ऋण निकालिएको छ । राज्यकै निकायको अनुसन्धानले रविविरुद्ध कयौँ प्रमाण दिए पनि उनलाई जोगाउन राज्यका संयन्त्रलाई दुरुपयोग गरिएको छ ।’

लेखकले अहिले पनि रविबारे छानबिनका लागि संसदीय समिति बन्नुपर्ने अडानमा कांग्रेस यथावत रहेको बताए । ‘आजलाई हाम्रो कुरा भनेको संसदीय छानबिन समिति बनाउनुपर्छ’, उनले भने, ‘माननीय रविजीका लागि पनि यो राम्रो कुरा हो ।’

उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रविमाथि प्रश्न उठिसकेपछि आफूहरूले छानबिन गरौँ भन्दा सरकार तयार नहुने अवस्थाले झन् जटिलता निम्त्याएको लेखकले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Торговая Forex платформа для ПК