जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना चिनियाँ नागरिक

हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना चिनियाँ नागरिक

नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना चिनियाँ नागरिक रहेको खुलेको छ । पाइलट चाहिँ नेपाली नागरिक रहेको बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी विष्णुकुमार केसीले  बताए । उनका अनुसार, ज्यान गुमाउनेमा चिनियाँ नागरिक जुतड ताङ, जेइली, सीयाद वी, जीक्वीङ सी, र क्याप्टेन के मल्ल छन् । केसीका अनुसार, ज्यान गुमाउनेमध्ये वीबाहेक अरु सबै चिनियाँ नागरिक हुन् । रसुवाको स्याफ्रुवेसीका लागि काठमाडौंबाट उडेको एयर डाइनस्ट्रीको हेलिकोप्टर बुधबार दिउँसो दुर्घटनामा परेको थियो । लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले ५ जनाको शव निकालेको थियो ।

 

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Торговая Forex платформа для ПК