जोडिनुहोस
  • होमपेज
  • पाकिस्तानमा डीएसपी नै लागूपदार्थ तस्करीमा संलग्न, ४५ जनामाथि कारवाही सुरु

पाकिस्तानमा डीएसपी नै लागूपदार्थ तस्करीमा संलग्न, ४५ जनामाथि कारवाही सुरु

काठमाडौँ– पाकिस्तानमा प्रहरी नै लागूपदार्थको तस्करीमा संलग्न रहेको पाइएको छ । पाकिस्तानको पञ्जाब प्रान्तका ४५ प्रहरी लागूपदार्थ तस्करीमा संलग्न रहेको आरोपमा प्रान्तीय प्रहरी मुख्यालयले कारवाही अघि बढाएको छ ।

प्रहरी प्रमुखको निर्देशनमा प्रान्तका विभिन्न प्रहरी कार्यालयमा प्रहरीमाथि कारवाही चलाउन पत्र पठाइएको छ ।पाकिस्तानबाट प्रकाशित हुने ट्रिब्युन अखबारका अनुसार उनीहरूमाथि कस्तो कारवाही भयो भन्नेबारे स्पष्ट जवाफ पठाउन पनि प्रहरी कार्यालयहरूलाई मुख्यालयले निर्देशन दिएको छ ।

कारवाहीमा पर्नेमा हवल्दारदेखि डीएसपीसम्म परेका छन् । प्रहरीका अनुसार उनीहरूमाथि विभागीय सोधपुछ सुरु भइसकेको छ । लागूऔषध तस्करी गर्ने प्रहरीमाथि कारवाही गर्ने जिम्मेवारी दिएर केही वरिष्ठ प्रहरी अधिकारीहरूलाई नियुक्त पनि गरिएको छ । पछिल्लो समय पाकिस्तानमा लागूऔषध तस्करी तथा दुर्व्यसनको समस्या बढ्दै गएको बताइन्छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका