जोडिनुहोस
  • होमपेज
  • देश बनाउने महत्त्वपूर्ण भूमिका शिक्षा मन्त्रालयको : शिक्षामन्त्री श्रेष्ठ

देश बनाउने महत्त्वपूर्ण भूमिका शिक्षा मन्त्रालयको : शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले देश बनाउने महत्त्वपूर्ण भूमिका शिक्षा मन्त्रालयको रहेको बताएकी छन् । आइतबार मन्त्रालयमा आयोजित आफ्नो बिदाई कार्यक्रममा मन्त्री श्रेष्ठले सो कुरा बताएकी हुन् ।

देशलाई माथि लैजाने वा तल झार्ने भन्ने कुराको सुनिश्चितता शिक्षा मन्त्रालयले गर्ने भन्दै त्यसको जग बसाल्न मन्त्रालयका सम्बन्धित निकाय र कर्मचारीको भूमिका पनि महत्त्वपूर्ण हुने उल्लेख गरिन् । शिक्षा मन्त्रालयको महत्त्वलाई आत्मसाथ गर्दै अहिलेका साना बालबालिकाको भविष्य उज्ज्वल बनाउन र भविष्यमा देशको विज्ञान प्रविधिको क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नेतर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् ।

मन्त्रालयमा अझै धेरै काम गर्न बाँकी रहेको भन्दै आफूले मन्त्रालय सम्हालेदेखि नै आफ्नो क्षमताले भ्याएसम्म तीव्र गतिमा काम गरेको दाबी गरिन् । देशको शिक्षा क्षेत्रमा परिवर्तन गर्नका लागि आगामी दिनमा आफू शिक्षा समितिमै बसेर काम गर्ने पनि बताइन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका