
मुगु, । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । वर्षाका कारण कालीकोटको गगनेखोला, यासमोड, बिर्तामोड, झाम्लामोड, छेका, मोल्फासहितका स्थानमा लेदोसहित ठूलठूला ढुंगा झरेपछि सोमबार बिहानैदेखि सडक अवरुद्ध भएको हो ।
डिभिजन कार्यालय जुम्लाका इन्जिनियर वीरबहादुर जिटीका अनुसार, सडक खुलाउने कार्य भइरहेको छ । सडक अवरुद्घ भएपछि यात्रु बीचबाटोमै अलपत्र परेका छन् ।
यसअघि पनि कर्णाली राजमार्ग पहिरोका कारण चार दिन अवरुद्ध भएको थियो ।