जोडिनुहोस
  • होमपेज
  • यस्तो छ मन्त्रीहरूको वरीयता : रमेश लेखक पाँचौँमा

यस्तो छ मन्त्रीहरूको वरीयता : रमेश लेखक पाँचौँमा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री र मन्त्रीहरूलाई शपथग्रहण गराएका छन् । महाराजगन्जस्थित राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा शपथ गराइएको हो ।

राष्ट्रपतिले सोमबार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । नेकपा (एमाले)का अध्यक्ष समेत रहेका ओली मुलुकको ४५औँ प्रधानमन्त्री बनेका हुन् । सोमबारै उनले २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।

राष्ट्रपतिको कार्यालयका अनुसार, प्रधानमन्त्री ओलीपछि मन्त्रिपरिषद्को दोस्रो वरीयतामा नेपाली कांग्रेसका तर्फबाट नेतृत्व गरेका उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह छन् । वरीयताको तेस्रो नम्बरमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल छन् ।

त्यसपछि क्रमशः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, गृहमन्त्री रमेश लेखक, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, परराष्ट्रमन्त्री आरजु राणा, खानेपानीमन्त्री प्रदीप यादव छन् ।

वरीयता सूची हेर्नोस्–
१. केपी शर्मा ओली – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२. प्रकाशमान सिंह – उपप्रधान तथा सहरी विकास
३. विष्णु पौडेल – उपप्रधान तथा अर्थ
४. पृथ्वीसुब्बा गुरुङ – सञ्चार तथा सूचना प्रविधि
५. रमेश लेखक – गृह
६. शरतसिंह भण्डारी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा
७. आरजु राणा – परराष्ट्र
८. प्रदीप यादव – खानेपानी
९. बलराम अधिकारी – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
१०. दामोदार भण्डारी – उद्योग, वाणिज्य तथा आपूर्ति
११. नवलकिशोर साह सुडी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
१२. देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात
१३. तेजुलाल चौधरी – युवा तथा खेलकुद
१४. प्रदीप पौडेल – स्वास्थ्य तथा जनसंख्या
*१५. अजय चौरसिया – कानुन, न्याय तथा संसदीय मामिला
१६. बद्री पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१७. रामनाथ अधिकारी – कृषि तथा पशुपन्छी विकास
१८. विद्या भट्टराई – शिक्षा, विज्ञान तथा प्रविधि
१९. मानवीर राई – रक्षा
२०. दीपक खड्का – ऊर्जा, जलस्रोत तथा सिँचाइ
२१. राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन
२२. ऐनबहादुर शाही – वन तथा वातावरण

प्रचलन खबर

धेरै टिप्पणी गरिएका