
काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सोमबार पदभार ग्रहण गरेका छन् । त्यससँगै उनले दुई निर्णय गरे ।
उनले क्यान्सर रोगीहरूको उपचार प्रणालीमा एकरूपता ल्याउने पहिलो निर्णय गरे । यस्तै, स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित गर्ने र सबैलाई समेट्ने योजना ल्याउने उनले निर्णय गरे । एक महिनाभित्र संघीय अस्पतालहरूमा लाइन बस्नु नपर्ने व्यवस्था गर्ने उनले बताए । मन्त्री पौडेलले एक साताभित्र तत्कालीन र एक महिनाभित्र दीर्घकालीन योजना तयार पार्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
उनले मितव्ययिताका निम्ति भन्दै मालाखादा लगाएनन् ।