जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री ओलीद्वारा सहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

प्रधानमन्त्री ओलीद्वारा सहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सोमबार शीतल निवासमा राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको सपथ लिएपछि प्रधानमन्त्री ओली काठमाडौंको लैनचौरस्थीत सहिद स्मारकमा पुगेर सहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।त्यस्तै उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह, विष्णु पौडेल लगायतका मन्त्रीहरूले पनि सहिद स्मारकमा पुगेर सहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

प्रधानमन्त्रीको सपथ लिएपछि सहिद स्मारकमा पुगेर श्रद्धाञ्जली अर्पण गर्ने परम्परा रहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका