जोडिनुहोस
  • होमपेज
  • उपप्रधानमन्त्री सिंहले गरे पदभार ग्रहण

उपप्रधानमन्त्री सिंहले गरे पदभार ग्रहण

काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले पदभार ग्रहण गरेका छन् । सोमबार शितलनिवासमा पद तथा गोपनीयताको शपथपछि शान्तिबाटीमा पुगेर बीर गणेशमान सिंहको सालिकमा मार्ल्यापण गरेपछि सिंहदरबार पुगेर सिंहले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै उनले सहरी विकास मन्त्रालयअन्तर्गतका निकायमा हुने राजनीतिक नियुक्तिसम्बन्धी कार्यविधि र मापदण्डमा अन्य देशको पीआर नलिएको स्वःघोषणा गर्नुपर्नेसहितको कानुन परिमार्जनको सहमतिका लागि कानुन मन्त्रालयमा पठाउनेसम्बन्धी फाइलमा हस्ताक्षर गरे ।

सो क्रममा उपप्रधान एवं सहरी विकासमन्त्री सिंहले मुलुकलाई स्थायित्व र समृद्धितर्फ अघि बढाउन वर्तमान सरकार गठन भएको भन्दै मन्त्रालयका कामलाई पनि वर्तमान सरकारको लक्ष्यअनुसार अघि बढाउने धारणा राखे । मन्त्रालयको काम कर्तव्यको सीमाभित्र रहेर जनताको अपेक्षाअनुसार काम गर्ने उनले बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका