जोडिनुहोस
  • होमपेज
  • आज १७ अंकले घट्यो नेप्से तर कारोबार साढे ८ अर्बभन्दा बढीको

आज १७ अंकले घट्यो नेप्से तर कारोबार साढे ८ अर्बभन्दा बढीको

काठमाडौँ ।  यो साता कारोबारको पहिलो दिन उच्च अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन भने दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक १७ दशमलव १८ अंकले घटेर २ हजार २४० दशमलव ४१ को विन्दुमा कायम भएको हो।

आज ३३२ कम्पनीको २ करोड ५० लाख ७९ हजार ७९ कित्ता शेयर १ लाख २ हजार ३७२ पटक खरिदबिक्री हुँदा ८ अर्ब ७३ करोड १४ लाख ३६ हजार ३७ रुपैयाँ बराबरको कारोबार भएको छ। आज जलविद्युत् समूह शून्य दशमलव ७३, लगानी १ दशमलव ७०, उत्पादन तथा प्रशोधन शून्य दशमलव १२ र म्युचुअल फण्ड १ दशमलव ६७ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ।

बैंकिङ १ दशमलव ४८, विकास बैंक १ दशमलव ८९, वित्त शून्य दशमलव ५२, होटल तथा पर्यटन १ दशमलव ७६ र जीवन बीमा समूह १ दशमलव ६५ प्रतिशतले घटेको छ। लघुवित्त १ दशमलव ४१, निर्जीवन बीमा शून्य दशमलव ९१, व्यापार शून्य दशमलव ५२ र अन्य समूह १ दशमलव १९ प्रतिशतले घटेको छ।

सिभिल बैंक डिभेञ्चर–२०८८ र माण्डु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने जानकी फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा आज सबैभन्दा धेरै अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको ३७ अर्ब ८ करोड ७२ लाख ५८९ रुपैयाँ बराबरको २१ लाख ७४ हजार ७२८ कित्ता शेयर किनबेच भएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका