जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • सेयर बजार अर्थतन्त्रको ऐना हो, सन्तुलितरूपमा बढाउँछौँ : अर्थमन्त्री पौडेल

सेयर बजार अर्थतन्त्रको ऐना हो, सन्तुलितरूपमा बढाउँछौँ : अर्थमन्त्री पौडेल

काठमाडौं । नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सेयर बजार अर्थतन्त्रको ऐना भएको बताएका छन् । सोमबार उपप्रधानसहित अर्थमन्त्रालयको पदभार सम्हाल्दै अर्थमन्त्री पौडेलले सेयर बजार अर्थतन्त्रको ऐना भएकाले सन्तुलितरूपमा अगाडि बढाउने बताए ।

उनले सेयर बजारलाई विगतमा जुवाघरलगायत अन्य टिप्पणी गर्दा अस्थिरता पैदा गरेको भन्दै अब सरकारले सन्तुलितरूपमा अगाडि बढाउने बताए । उनले अहिले अर्थतन्त्र तथा सार्वजनिक वित्तमा समस्याहरू रहेको भन्दै समस्या समाधानका लागि सबैसँग सहकार्य गरेर समस्या समाधान गरिने बताए । उनले अर्थतन्त्र र निजी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार अभिभावकको रूपमा अघि बढ्ने बताए । उनले सरकारको सोच र कार्यक्रमहरू कार्यान्वयन गर्न कुनै पनि बजेट बाधक नबन्ने पनि बताए ।

“सेयर बजारलाई अर्थतन्त्रको ऐनाको रूपमा लिने गर्छौं । कतिपय समयमा के टिप्पणी हुने भयो भने जुवाघरलगायतका टिप्पणी भए । त्यसले अस्थिरता पनि पैदा गरेको थियो । यथार्थमा सेयर बजारलाई हामीले अर्थतन्त्रको ऐनाका रूपमा हेर्ने गरेका छौँ । पछिल्लो दिनमा पुँजीबजारमा जुन खालको उत्साह देखिरहेका छौँ, त्यसलाई सन्तुलित ढङ्गले अगाडि बढ्ने परिस्थिति होस् भन्ने कुरामा मन्त्रालयको ध्यान जान्छ,” उनले भने ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका