![अफगानिस्तानमा सडक दुर्घटना हुँदा १७ जनाको मृत्यु](https://sagarmatha.tv/wp-content/uploads/2024/07/Accident2024-01-09-09-51-26_1000x564_50_98DxMm7T1y_tcnexr07wyttcqzsewyfy2xk1fornosuucujjlfsouyewuklryhwxopraqqb_Sx5CXup0RI_8qnkmley5d8dox4fvjj3rofkuuhyw8vtkisajls8vc3bf0frvkv9olyl5acj.webp)
एजेन्सी– अफगानिस्तानमा सडक दुर्घटना हुँदा १७ जनाको मृत्यु हुनुका साथै ३४ जना घाइते भएका छन् ।
मंगलबार उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा यात्रु बस खोलामा खसेको पुष्टि भएको प्रान्तीय प्रहरी प्रवक्ता मावलवी शिर अहमद बुरहानीले बताए । मंगबार बिहान खिन्जान जिल्लामा लापरवाही पूर्वक गाडी चलाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा तीन बालबालिका, दुई महिला तथा १२ जना पुरुष रहेको अधिकारीले बताएका छन् ।
उनीहरूका अनुसार महिला र बालबालिका सहित ३४ जना घाइते भएका छन् जसमध्ये केहीको अवस्था गम्भीर रहेको छ । जुलाई–४ मा पश्चिमी हेरात प्रान्तमा भएको यस्तै दुर्घटनामा एक जनाको ज्यान गएको थियो भने अन्य १५ जना घाइते भएका थिए ।