जोडिनुहोस
  • होमपेज
  • अस्ट्रियाका व्यवसायीलाई भारतमा लगानी गर्न मोदीको आह्वान

अस्ट्रियाका व्यवसायीलाई भारतमा लगानी गर्न मोदीको आह्वान

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अस्ट्रियाका व्यवसायीलाई भारतमा लगानी गर्न आह्वान गरेका छन् । अस्ट्रिया भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले त्यहाँका व्यवसायीलाई त्यस्तो आह्वान गरेका हुन् ।

राजधानी भियनामा प्रधानमन्त्री मोदी र अस्ट्रियाका चान्सलर कार्ल नेहम्मरले व्यवसायीलाई संयुक्त सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले दुई मुलुकबीच लगानीका पर्याप्त सम्भावनाहरू रहेको भन्दै भारतमा लगानी गर्न आह्वान गरेका हुन् । उनले पछिल्लो समय दुई मुलुकको कम्पनीबीच पूर्वाधार, नवीकरणीय ऊर्जा, नवीन प्रविधि, वित्तीय प्रविधिजस्ता क्षेत्रमा सहकार्य बढिरहेको समेत उल्लेख गरे ।

भारतीय समाचार संस्था एएनआईका अनुसार अस्ट्रियन चान्सलर नेहम्मरले भारतले पूर्वाधारको क्षेत्रमा तीव्र गतिमा विकास गरिरहेको उल्लेख गरेका थिए । सो अवसरमा चान्सलरले दुई मुलुकबीच थप आर्थिक सहकार्यको खाँचो औँल्याएको एएनआईले उल्लेख गरेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका