जोडिनुहोस
  • होमपेज
  • ठमेल पर्यटन विकास परिषदकाे अध्यक्षमा ध्रुव अधिकारी

ठमेल पर्यटन विकास परिषदकाे अध्यक्षमा ध्रुव अधिकारी

काठमाडौँ– ठमेल पर्यटन विकास परिषदकाे अध्यक्षमा ध्रुव अधिकारी निर्वाचित भएका छन् ।

परिषद्को २८ र २९औँ वार्षिक साधारणसभा तथा निर्वाचनको आज बिहान सम्पन्न मतगणना अनुसार उनले अध्यक्षका अर्का प्रत्यासी भविश्वर शर्मालाई पराजित गरेका हुन् ।

निर्वाचन अधिकृत उमादेवी प्रसाईँले तीन पद उपाध्यक्षका लागि राजीव पाण्डे, सहदेव धमला र श्रीकृष्ण थपलिया विजयी भएको जानकारी दिइन् । यस्तै, महासचिवमा बद्रीप्रसाद तिमल्सिना, सचिवमा पुण्यराम लागेजु र कोषाध्यक्षमा प्रकाश थपलिया निर्वाचित भएका छन् । सदस्यमा कोपिला सिंखडा, रोशन अधिकारी, कुमार नेपाली, विनोद श्रेष्ठ, अमृत थोकर (लामा), सानुकाजी महर्जन, रमेश विश्वकर्मा र बद्रीप्रसाद अर्याल निर्वाचित भएको निर्वाचन अधिकृत प्रसाईँले बताइन् ।

कुल १५ सदस्यीय कार्यसमिति चयनका लागि एक हजार १९३ मतदाता मध्ये एक हजार ३१ जनाले मतदान गरेका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका