जोडिनुहोस
  • होमपेज
  • आन्दोलनरत कर्मचारीका माग सम्बोधन गर्न कृषिमन्त्रीले मागे दुई साता

आन्दोलनरत कर्मचारीका माग सम्बोधन गर्न कृषिमन्त्रीले मागे दुई साता

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आन्दोलनरत कर्मचारीसँग छलफल गरेका छन् । चार बुँदे माग राख्दै १७ दिनदेखि आन्दोलनरत कर्मचारीसँग मन्त्री अधिकारीले मंगलबार एक घण्टा लामो छलफल गरेका हुन् ।

छलफलमा मन्त्री अधिकारीले कर्मचारीका माग सम्बोधनका निम्ति दुई साताको समय मागेको संघर्ष समिति संयोजक माधव पौडेलले जानकारी दिए । “मन्त्रीज्यूले दुई साताको समय माग्नु भएको छ । तत्काललाई धर्ना कार्यक्रम स्थगित गर्न भन्नुभएको छ, हामी छलफलमा छौँ,” पौडेलले बाह्रखरीसित भने । नवनियुक्त मन्त्री अधिकारीको अनुरोधपछि कर्मचारी धर्ना स्थगित गर्नेबारे छलफलमा जुटेका हुन् । अहिलेलाई धर्ना स्थगित गरेर अन्य तरिकाले आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिनेबारे कृषिसचिव दीपककुमार खरालसँग छलफल भइरहेको संयोजक पौडेलले बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका