जोडिनुहोस
  • होमपेज
  • थाइल्यान्डमा ९३ देशका नागरिकलाई ‘भिसा फ्री इन्ट्री’

थाइल्यान्डमा ९३ देशका नागरिकलाई ‘भिसा फ्री इन्ट्री’

बैंकक । थाइल्यान्डले देशको पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्न विश्वका ९३ देशका पासपोर्टहोल्डरलाई ‘भिसा फ्री इन्ट्री’को घोषणा गरेको छ । सोमबारदेखि लागु भएको यो नयाँ स्किमअन्तर्गत पर्यटकहरू सो भिसामा ६० दिनसम्म बस्न सक्नेछन् ।यसअघि ५७ देशलाई त्यसखालको सुविधा दिइएकोमा अहिले विस्तार गरिएको हो । पर्यटन क्षेत्र थाइल्यान्डको अर्थतन्त्रको मुख्य खम्बा भए पनि कोरोना महामारीको अवस्थाबाट पूर्ण रूपमा उक्सिन सकेको छैन ।

थाइल्यान्डमा सन् २०२४ को सुरुका ६ महिनामा १७.५ मिलियन (एक करोड ७५ लाख) विदेशी पर्यटक आएको रेकर्ड पाइएको छ । गएको वर्षको सोही अवधिको तुलनामा यो ३५ प्रतिशत बढी हो । तर, कोरोना महामारी अघिकोभन्दा यो संख्या कम हो । थाइल्यान्डमा बहुसंख्यक पर्यटक चीन, मलेसिया र भारतबाट जाने गरेका छन् । भिसा फ्रि इन्ट्रीको सूचीमा नेपाल भने छैन । दक्षिण एसियाबाट भारत, माल्दिभ्स र श्रीलंकामात्र सूचीमा छन् । बीबीसी

प्रचलन खबर

धेरै टिप्पणी गरिएका