जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • बंगलादेशमा आरक्षणविरुद्ध आन्दोलन : कम्तीमा ६ जनाको मृत्यु, अनिश्चितकाललाई शिक्षण संस्था बन्द

बंगलादेशमा आरक्षणविरुद्ध आन्दोलन : कम्तीमा ६ जनाको मृत्यु, अनिश्चितकाललाई शिक्षण संस्था बन्द

ढाका- बंगलादेशमा सरकारी जागिरका लागि व्यवस्था गरिएको आरक्षणविरुद्ध प्रदर्शनका क्रममा कम्तीमा ६ जनाले ज्यान गुमाएका छन् ।

यस घटनापछि देशभरका सबै स्कुल र विश्वविद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । स्कुल र विश्वविद्यालय अर्को आदेश नआउन्जेल नखोल्न भनिएको छ ।बंगलादेशमा सरकारी जागिरमा देशको स्वतन्त्रताका लागि लडेकाहरूका सन्तानलाई आरक्षण दिइएको छ ।

सन् १९७१ मा बंगलादेश ठूलो युद्धपछि पाकिस्तानबाट स्वतन्त्र भएर नयाँ देश बनेको थियो ।आलोचहरूले आरक्षणको यो व्यवस्था बंगलादेशका प्रधानमन्त्री शेख हसिनालाई समर्थन गर्ने सरकारनिकट समूहका सन्तानलाई अनुचित लाभका लागि राखिएको बताइरहेका छन् ।शेख हसिनाले जनवरी महिनामा लगातार चौथो पटक जित हासिल गरेकी थिइन् । उनी बंगलादेशका संस्थापक नेता शेख मुजीबुर्रहमानकी छोरी हुन् ।

बंगलादेशमा पछिल्ला कयौँ दिनयता सरकारी जागिरमा आरक्षणको यस व्यवस्थाविरुद्ध विरोध चर्किरहेको छ । यसअघि कयौँ सातासम्म चलेको विरोध प्रदर्शनपछि सन् २०१८ मा आरक्षणको यो व्यवस्था हटाइएको थियो । गत महिना मात्रै यो व्यवस्थालाई अदालतले फर्काइदिएपछि बंगलादेशमा आन्दोलन सुरु भएको हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका