
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले दैनिक रेकर्ड बनाउँदै गएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य दुई हजार रुपैयाँले बढेर एक लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
मंगलबार छापावाल सुन एक लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।तेजाबी सुन प्रतितोला एक लाख ४९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी प्रतितोला एक हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।