जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • केन्यामा राष्ट्रपतिको राजीनामा माग गर्दै पुनः प्रदर्शन

केन्यामा राष्ट्रपतिको राजीनामा माग गर्दै पुनः प्रदर्शन

नैरोबी । केन्यामा फेरि राष्ट्रपति विलियम रुटोको राजीनामा माग गर्दै सरकार विरोधी प्रदर्शन सुरु भएको छ । मंगलबारको प्रदर्शनी राजधानी नैरोबी र दक्षिणी तटीय सहर मोम्बासामा भएको छ ।

सरकारको ट्याक्स वृद्धि योजनाको विरुद्धमा गएको मध्य जुनमा पनि व्यापक प्रदर्शन भएको थियो ।प्रहरीले प्रदर्शनकारीलाई अश्रुग्याँस र पानीको फोहरा समेत प्रहार गरेको छ ।सो अवसरमा प्रदर्शनकारीले राष्ट्रपति रुटोलाई कुर्सी छोड्न आग्रह गरेका थिए । केहीले आम रूपमा सुधारको माग गरेका थिए ।

स्थानीय किटेनगाला सहरमा भेला भएका करिब दुई सय प्रदर्शनकारीले रुटो हट्नैपर्ने माग गरेका थिए । सो स्थानमा कम्तीमा एक व्यक्ति मारिएको बताइएको छ । हालै राष्ट्रपति रुटोले मन्त्रिमण्डल बर्खास्त गरी सुधारको प्रतिबद्धता जनाए पनि उनलाई जनताले पुनः अस्वीकार गरेका छन् । अल्जजिरा

प्रचलन खबर

धेरै टिप्पणी गरिएका