जोडिनुहोस
  • होमपेज
  • अनावश्यक सरुवाबढुवा हेरफेरमा लाग्दिन: स्वास्थ्यमन्त्री पौडेल

अनावश्यक सरुवाबढुवा हेरफेरमा लाग्दिन: स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नयाँ मन्त्री भित्रिएसँगै बधाई दिन आउनेको घुइँचो छ । नेपाली कांग्रेसबाट स्वास्थ्यमन्त्री बनेका प्रदीप पौडेलसँग भेट गर्न आउनेहरूले सरुवाबढुवाका लागि मिलाइदिन आग्रह समेत गर्ने गरेका छन् ।

मन्त्रालयमा भीडभाड बढेर कामकाजमा नै अवरोध भएपछि मन्त्री पौडेलले भेटघाटको समय दिउँसो २ बजेपछि मात्रै निर्धारण गरेका छन् । सरुवाको अनुरोध गर्ने कर्मचारीलाई उनले ‘अहिले कर्मचारी नचलाउने’ जवाफ दिने गरेका छन् ।

मन्त्री पौडेलले पदभार ग्रहणकै क्रममा सञ्चारकर्मीहरूसँग अनावश्यक सरुवा, हेरफेरमा नलाग्ने भनेका थिए । बरु मन्त्रालयका विज्ञहरूको सल्लाहअनुसार अघि बढ्ने बताएका थिए । “म अहिले कर्मचारीको सरुवा बढुवा हेरफेरमा लाग्दिन, त्यो मेरो प्राथमिकता पनि होइन, म काम गर्न आएको हुँ, काम गरेर देखाउँछु, विज्ञ कर्मचारीहरूको सल्लाहअनुसार अघि बढ्छु,” मन्त्री पौडेलले भनेका छन् ।

यसअघिका मन्त्रीहरूले आफ्ना अनुकूलका कर्मचारी हेरफेरलाई प्राथमिकतामा रोखेको देखिन्छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका