जोडिनुहोस
  • होमपेज
  • चन्द्रागिरी केवलकारमा अड्किए यात्रु, उद्धारको विकल्प खोजिँदै

चन्द्रागिरी केवलकारमा अड्किए यात्रु, उद्धारको विकल्प खोजिँदै

काठमाडौं- विद्युत् अवरूद्ध भएपछि चन्द्रागिरी केवलकारमा यात्रु अड्किएका छन् ।

विद्युत अवरुद्द भएर मानिसहरू अड्किएपछि चन्द्रागिरी केवलकारबाट वैकल्पिक उपायबाट निकाल्ने कोसिस भइरहेको छ। महानगरीय प्रहरी बृत्त थानकोटका अनुसार केवलकारमा अड्किएकाहरूलाई झार्न कम्पनीले जेनेरेटर चलाउने जानकारी दिएको थियो । तर त्यसले पनि काम नगरेपछि अब हातैले केवलकारका डोरी तान्न लागिएको छ ।

समयमा जेनेरेटर चलाउन नसकिएपछि अहिले केवलकारको डिब्बामा अड्किएका यात्रुलाई डोरी हातैले तानेर तल्लो स्टेशनमा झार्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । वैकल्पिक उपायका लागि राखिएको जेनेरेटर पनि नचलेपछि कम्पनीले प्रहरीको पनि सहयोग लिएर केवलकारका रोप्वेलाई हातैले तानेर झार्ने प्रयास गरिरहेको छ ।

केवलकारमा यात्रु फसेको सूचना पाएपछि महानगरीय प्रहरी वृत्त थानकोटबाट प्रहरी टोली पुगेको छ । अहिले त्यहाँ उद्धार कोसिस भइरहेको छ । कम्पनीका प्राविधिक तथा प्रहरीसहितको टोलीले हाते प्रविधिमार्फत केबलकार तलमाथि गर्ने डोरीलाई घुमाएर यात्रुको उद्धार गर्न लागेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका