जोडिनुहोस
  • होमपेज
  • रेलमार्गको सर्भे गर्न आएको कम्पनीको गाडीमा चितवनका स्थानीयले गरे आगजनी

रेलमार्गको सर्भे गर्न आएको कम्पनीको गाडीमा चितवनका स्थानीयले गरे आगजनी

चितवन । पूर्वपश्चिम रेलमार्गको सर्भे गर्न भन्दै चितवन आएको एक कम्पनीको गाडीमा स्थानीय बासिन्दाले आगजनी गरेका छन् । भरतपुर महागनरपालिका- ७ का बासिन्दाको एक समूहले बागमती प्रदेश ०१, ०३० च ७१९० नम्बरको गाडी जलाएका हुन् ।

सरकारबाट अनुमति लिएर पूर्वपश्चिम रेलमार्गको सर्वेक्षण गर्न आएको बताएको आरएच कन्सल्टेन्सीको सवारी साधान र उपकरण स्थानीय बासिन्दाले कब्जामा लिएको थियो । अहिले घटनास्थलमा प्रहरी पुगेको छ ।

कन्सल्टेन्सीका प्रतिनिधिहरुले रेलमार्गको गुगल म्याप सर्भे गर्न आएको स्थानीयलाई बताएको रेल मार्ग पीडित संर्घष समितिका सचिव दिब्य नेपालले अनलाइनखबरलाई जानकारी दिए । सो टोलीले मंगलवार भरतपुर ८ मा सर्भे गरेको थियो । आज वडा नं ७ मा सर्भे गर्ने क्रममा २/३ सय जना स्थानीय भेला भएर सो टिमलाई नियन्त्रणमा लिएका थिए ।

पूर्व पश्चिम रेलमार्ग भरतपुरका विभिन्न घना बस्ती भएका वडाबाट जाने गरी सर्भे गरिएको भन्दै स्थानीय बासिन्दाले चरणवद्ध संर्घषका कार्यक्रम गर्दै आएका छन् ।बस्तीलाई उजाड बनाएर रेल मार्ग लैजान नदिने र अहिले गरिएको सर्भे नै परिवर्तन गर्नुपर्ने माग उनीहरुले गर्दै आएका छन् ।

यसअघि, भरतपुर महानगरपालिकाको पहलमा महानगरपालिकामा नै संर्घष समिति र रेल विभाग तथा अन्य सरोकारवाला सरकारी निकायहरुका बीचमा छलफलसमेत गरिएको थियो । त्यसबेला रेलमार्गको अहिले गरिएको सर्भेको रुट परिवर्तन गरेर बस्तीलाई कम क्षति गराउने विकल्पमा जाने सहमति भएको स्थानीयको भनाइ छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?