जोडिनुहोस
  • होमपेज
  • नेप्से ५४ अंकले बढ्यो, १२ अर्ब बढी कारोबार

नेप्से ५४ अंकले बढ्यो, १२ अर्ब बढी कारोबार

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार पनि उछाल आएको छ । आज एकै दिन ५४ अंकले नेप्से बढेसँगै नेप्सेमा उछाल आएको हो । नेप्से बढेसँगै कारोबारमा पनि उछाल आएको छ । आज एकै दिन १२ अर्ब बढीको कारोबार भएको छ ।

आज नेप्से २.३३ प्रतिशतले बढेर २३६४.६३ विन्दुमा पुगेको छ । बुधबार कारोबार १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार रुपैयाँको ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता शेयर किनबेच भएको छ ।आज ३०६ वटा कम्पनीको शेयर कारोबार हुँदा २०४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ३२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज नेप्सेमा र कारोबारमा उछाल आउँदा निर्जीवन बीमा उछाल आएको छ । आज एकै दिन निर्जीवन बीमा समूह ३८२.४१ अंकले बढेर ११ हजार ८००.४४ विन्दुमा पुगेको छ ।त्यस्तै, होटल एण्ड टुरिजम ३२०.२७ अंकले बढेर ६०८१.९० विन्दुमा, जीवन बीमा २४२.२६ अंकले बढेर ११ हजार ३२८.७१ विन्दुमा, उत्पादन समूह २०७.०१ अंकले बढेर ७०८५.९५ विन्दुमा र ट्रेडिङ समूह २२९.०७ अंकले बढेर ३३६५.७१ बिन्दुमा पुगेको छ ।

आज १३ वटा समूहमध्ये सबै समूहमा उछाल आएको छ । आज बढेका समूहमध्ये म्युचअल फण्ड समूह सबैभन्दा कम बढेको छ भने अन्य सबै समूह १ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । आज ६ वटा कम्पनीको शेयर मूल्यमा ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । ४ कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका