जोडिनुहोस
  • होमपेज
  • विश्वभर खपत घटेपछि धमाधम वाइन ब्रान्ड त्याग्दै पेर्नाे रिका

विश्वभर खपत घटेपछि धमाधम वाइन ब्रान्ड त्याग्दै पेर्नाे रिका

लन्डन । फ्रान्सेली वाइन निर्माता कम्पनी पेर्नो रिकाले आफ्ना अधिकांश वाइन ब्रान्ड बेच्ने भएको छ । विश्वभर वाइनको खपत घटिरहेकै समयमा कम्पनीले आफ्ना वाइन ब्रान्ड बेचेको हो ।

कम्पनीले अब आफ्नो सारा ध्यान श्याम्पेन र प्रिमियम स्पिरीट लेबलमा केन्द्रीत गर्ने भएको छ । कम्पनीले बुधबार अष्ट्रेलिया, न्यूजिल्यान्ड र स्पेनमा रहेका आफ्नो सातओटा वाइन बनाउने कम्पनी बेच्ने घोषणा गरेको छ ।

यसबाट आउने पैसा श्याम्पेन र प्रिमियम ब्रान्डका स्पिरिट व्यवसायमा लगाइने बताइएको छ । अष्ट्रेलियन वाइन होल्डको लिमिटेड बेचेपछि ज्याकोब्स क्रिक, ओलान्डो, सेन्ट ह्यूगो चर्च रोड, लगायत पेर्नो रिकाका १० वाइन ब्रान्ड बिक्नेछन् । कम्पनीले कति रकममा यी ब्रान्ड बेच्न लागेको हो भन्ने चाहिँ सार्वजनिक भइसकेको छैन ।

गएको वर्ष विश्वभर वाइनको खपत २७ वर्षयताकै न्यून स्तरमा ओर्लिएको तथ्याङ्क सार्वजनिक भएको थियो । कम्पनीले बेच्ने योजना बनाइरहेका वाइन ब्रान्डको बिक्री यो वर्षको पहिलो त्रैमासमा ७ प्रतिशतले घटेको छ । चीनको वाइन खपतमा आएको कमी र विश्वव्यापी महङ्गीका कारण खर्चयोग्य आम्दानी घट्न थालेपछि सन् २०१८ यता विश्वभर वाइनको खपत लगातार घट्दै आइरहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका