जोडिनुहोस
  • होमपेज
  • २४०० नाघ्यो नेप्से, ७७ मिनेटमा ५ अर्बको कारोबार

२४०० नाघ्यो नेप्से, ७७ मिनेटमा ५ अर्बको कारोबार

काठमाडौं । सेयर बजार खुलेको ७७ मिनेटमै ५ अर्बको कारोबार भएको छ । दिउँसो १२ : १७ बजे नै ५ अर्ब कारोबार रकम नाघेको हो । यतिबेलासम्म बजारको परिसूचक नेप्से ४९ अंक बढेर २४१४ मा कायम भएको छ । सबै सेक्टरका सूचक बढेका छन् ।

बैंकिङ तथा माइक्रोफाइनान्स समूहका सूचक ३–३ प्रतिशतभन्दा धेरै बढेका छन् । १९१ कम्पनीको मूल्य बढ्दा ४२ को घटेको छ भने १० को स्थिर छ । आखुखोला जलविद्युत्को मूल्य १० प्रतिशत बढेको छ ।

मेरो माइक्रोफाइनान्सको ९.२, उपकार लघुवित्तको ७.९, रुरु हाइड्रोको ७.४ प्रतिशत मूल्य बढेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका