
रुकुम पश्चिम । रुकुम पश्चिममा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आठबिसकोट नगरपालिका– १२ निवासी ५५ वर्षीय चन्द्रे पुन रहेका छन् ।
स्थानीय काफलचौर खोला तर्ने क्रममा आज बिहान बगेका उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । खोलाले बगाएर मृत्यु भएको सूचना पश्चात् इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक नवीन मरासिनीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ ।