जोडिनुहोस
  • होमपेज
  • रुकुममा बाढीपहिराे प्रभावितलाई राहत दिइने

रुकुममा बाढीपहिराे प्रभावितलाई राहत दिइने

रुकुमपश्चिममा अविरल बर्षाको कारण आएको बाढीपहिराेमा परेर ज्यान गुमाउनेका परिवारलाई आर्थिक सहायता दिने निर्णय भएको छ । जिल्ला विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन समितिको बैठकले बाढीमा परेर ज्यान गुमाएका व्यक्तिका दुई लाख रुपैया राहत दिने निर्णय भएको हो । यस्तै घाइते भएकाहरुलाई उपचार खर्च वापत उपचार गर्न अस्पताल लैजादाको यातायात खर्च मापदण्ड बमोजिम दिने निर्णय भएको छ ।

अस्ति मंगलवार बिहान बाढीपहिराेमा परेर आठबिसकोट नगरपालिका –१२ झिन्चौरमा तीन बालिकाको ज्यान गएको थियो । यो घटनामा परेर ९ जना घाईते भएका थिए । यही घटनामा परेर वडा नम्बर १२ का ३८ वर्षिय डिल्ली बुढाथोकी अझैसम्म बेपत्ता हुनुभएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका