जोडिनुहोस
  • होमपेज
  • अमेरिकाका लागि भारतको राजदूतमा क्वात्रा छानिए

अमेरिकाका लागि भारतको राजदूतमा क्वात्रा छानिए

नयाँदिल्ली । भारतले पूर्वविदेश सचिव विनय क्वात्रालाई अमेरिकाका लागि राजदूतमा नियुक्त गर्ने भएको छ । यससम्बन्धी जानकारी अमेरिकालाई पठाइएको र अमेरिकाले स्वीकृत गरेपछि उनलाई औपचारिक नियुक्ति गरिने बताइएको छ ।

क्वात्रा प्रधानमन्त्री नरेन्द्र मोदीनजिक मानिन्छन् । भारत र रुसको सम्बन्ध र एक खालिस्तान समर्थित व्यक्तिको न्युयोर्कमा हत्या प्रयासको विषयलाई लिएर दुई देशबीच पछिल्लो समय केही समस्या देखिएको छ । सोही बेला क्वात्रा राजदूत भएर अमेरिका जान लागेका हुन् ।

१९८८ ब्याजका आईएफएस अफिसर क्वात्रा विदेश सचिव हुनुअघि नेपालका लागि भारतका राजदूत पनि थिए । नेपाल आउनुअघि उनी फ्रान्सका लागि पनि राजदूत थिए । उनको स्थानमा विदेश सचिवको रूपमा विक्रम मिश्री चयन भइसकेका छन् । अमेरिकाको लागि भारतको राजदूत पद तत्कालीन राजदूत तारन्जित सन्धु ६ महिनाअघि अवकाश पाएपछि खाली रहँदै आएको थियो । टाइम्स अफ इन्डिया

प्रचलन खबर

धेरै टिप्पणी गरिएका