जोडिनुहोस
  • होमपेज
  • चिनियाँ राजदूत र उपप्रधानमन्त्री सिंहबीच भेट, हिमाली क्षेत्रमा १० शहर बनाउन प्रस्ताव

चिनियाँ राजदूत र उपप्रधानमन्त्री सिंहबीच भेट, हिमाली क्षेत्रमा १० शहर बनाउन प्रस्ताव

काठमाडौं- उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच बिहीबार भेटवार्ता भएको छ ।

भेटमा चीनका तर्फबाट राजदूत ले उपप्रधान एवम् शहरी विकास मन्त्री सिंहलाई बधाईसहित कार्यकाल सफलताको शुभकामना दिए । त्यस्तै भेटमा नेपाल र चीनबीचमा शहरी विकासको क्षेत्रमा के के विषयमा सहकार्य गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

‘नेपाल र चीनबीच शहरी विकासको क्षेत्रमा कुन कुन विषयमा सहकार्य हुन सक्छ । अहिले के भइरहेको छ भन्नेबारे सामान्य समीक्षा भयो,’ शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले भने, ‘हामीले स्मार्ट सिटी बनाउने भनेका छौं । स्मार्ट सिटी बनाउने क्रममा प्रविधिसँग त्यसलाई कसरी जोड्न सक्छौं भनेर कुरा गर्‍यौँ ।’

ट्राफिक बत्ती, सडक सुरक्षा जस्ता कुरामा चीन सरकारले सहयोग गर्न सक्छ भन्ने कुरा भएको गेलाले बताउ । ‘हामीले चीनसँग सिमाना जोडिएका हिमाली क्षेत्रमा १० शहर बनाउने भनेका छौँ’, उनले भने, ‘त्यसमा पनि चीन सरकारले सहयोग गर्न सक्छ भन्ने कुरा उहाँहरूले राख्नुभयो ।’ त्यस्तै रूकुम र जाजरकोटमा अघिल्लो वर्ष गएको भूकम्पपछिको पुन:निर्माणमासमेत सघाउन तयार रहेको राजदूतले भेटका क्रममा बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका