जोडिनुहोस
  • होमपेज
  • विदेशी मुद्रा सञ्चिति राम्रो छ, नेपालबाट विदेशमा लगानी खोलौँ : वाग्ले

विदेशी मुद्रा सञ्चिति राम्रो छ, नेपालबाट विदेशमा लगानी खोलौँ : वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ‘नीति मन्थन’ मौद्रिक नीतिबारे अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्दै डा.स्वर्णिम वाग्ले अहिले नेपालमा विदेशी मुद्रा १५ अर्ब डलर थुप्रिएको बताएका छन् ।

उनले भने, ‘हाम्रो विदेशी मुन्द्राले १५ महिनाको आयात धन्न सक्ने भइसको छ । यसलाई कसरी परिचालन गर्ने भन्ने हो । राष्ट्र बैंकमा यती धेरै विदेशी मुन्द्रा जम्मा भएको पहिलो पटक हो । रेमिट्यान्सले गर्दा नै विदेशी मुन्द्रा वृद्धि भएको हो । नेपालबाट विदेशमा लगानी गर्न नपाउने व्यवस्था छ । ६० वर्ष अघि नेपालमा विदेशी मुन्द्रा सञ्चितिमा समस्या हुने भएकाले नेपालबाट विदेशमा लगानी गर्न बन्द गरेको थियो । अब त्यसलाई पनि कडा नियम बनाएर विदेशमा लगानी गर्न दिनुपर्छ । हिमालयन जाभाले विदेशमा किन लगानी गर्न नपाउने ? विदेशी कम्पनीसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था रहेको छ । नेपालबाट लगानी भएको पैसा नेपाल नै फर्किने वातावरण बनाउनु पर्छ ।’

मौद्रिक नीतिले अब कसरी अगाडी बढ्ने भन्ने महत्त्वपूर्ण काम गर्न सक्ने समय आएको वाग्लेले बताए ।नीति मन्थनमा अनिल केशरी शाह सहकर्ता रहेका छन् । प्यानलमा नरबहादुर थापा, भुवन दाहाल र वर्षा श्रेष्ठ रहेका थिए ।

थापाले मौद्रिक नीति राष्ट्रको ऐन अनुसार आउने बताए । मौद्रिक नीतिले मूल्य स्थिरता, विदेशी मुन्द्राको स्थिरता र वित्तीय क्षेत्रको स्थायीत्वको लागि आवश्कता रहेको बताए । उच्च आर्थिक वृद्धि र दिगो विकासको लागि नै मौद्रिक नीति आउने गरेको हो ।मौद्रिक नीतिका आयामहरू मुद्रा प्रदाय, तरलता व्यवस्थापन, ब्याजदर व्यवस्थापन गर्ने काम गर्छ । कर्जाको व्यवस्थापनमा पनि नीतिले महत्वपूर्ण भूमिका खेल्छ । मौद्रिक नीतिको नागरिकसँग प्रत्यक्ष सम्बन्धित हुँदैन । बजेटले नगरिकलाई प्रत्यक्ष प्रभाव पर्ने थापाले बताए ।

वर्षा श्रेष्ठले निजी क्षेत्रले मौद्रिक नीति सहज र सरल चाहने बताइन् । उनले भनिन्- ‘व्यवसायीले ब्याजदर कतिसम्म पुग्छ भन्ने चासो हुन्छ । सबै प्रकारका व्यवसायीले सहज तरिकाले लोन लिन सकियोस् भन्ने सोचेका हुन्छन् ।’राष्ट्र बैंकले सजिलोसँग पैसा दियोस् र बैंकले केही सहज गरिदियोस् भनेर बसेको हुने उनले बताइन् । भुवन दाहालले आर्थिक वृद्धिदर ६ प्रतिशत भन्ने तर ३ प्रतिशतभन्दा पनि कम हुने गरेको बताए । अहिले बैंकहरुले परिचानल गरेको पैसा हाम्रो जीडीपीभन्दा पनि कम रहेको छ ।

हाम्रो जीडीपीको आकार नै सानो छ यसलाई नै वृद्धि गर्नुपर्ने छ । लगानीको वातावरण सरकार र निजी क्षेत्र मिलेर अगाडि बढ्नु पर्ने अवस्था रहेको छ । राष्ट्र बैंकले बजेटलाई सहयोग गर्ने मौद्रिक नीति ल्याउने गरेको छ । त्यो गर्न पनि गर्नु पर्छ । विदेशी लगानीलाई मौद्रिक नीतिले आकर्षण गर्न सक्ने दाहालले बताए । देशमा लगानी वृद्धि गर्न सुशासन आवश्यक रहेको समेत उनले बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका