जोडिनुहोस
  • होमपेज
  • डाइनोसरको कंकाल ४४.६ मिलियन डलरमा बिक्री

अन्तर्राष्ट्रिय

डाइनोसरको कंकाल ४४.६ मिलियन डलरमा बिक्री

डाइनोसरको कंकाल ४४.६ मिलियन डलरमा बिक्री

न्युयोर्क । हालसम्म पाइएको सबैभन्दा ठूलो डाइनोसरको कंकाल न्युयोर्कको एउटा लिलामीमा बुधबार ४४.६ मिलियन (पाँच अर्ब ९५ करोड ९७ लाख ९९ हजार ८८० रुपैयाँबराबर)मा बिक्री भएको छ । त्यसको नाम एपेक्सका साथै स्टेगोसाउरस पनि हो ।

ब्रोकर कम्पनी सोथेबाइले हालसम्म प्राप्तमध्ये यो पूर्ण कंकाल भएको जनाएको छ । उक्त कंकाल ११ फिट अग्लो र २७ फिट लामो छ ।यसलाई खरिद गर्नेले आफ्नो नाम नखुलाए पनि प्रतिक्रिया दिँदै भनेका छन्, “एपेक्स अमेरिकामा जन्मेको हो । अब अमेरिकामा नै बस्न गइरहेको छ ।”

सन् २०२२ मा जीवाश्मविद् जसोन कूपरले कोलोराडोमा एपेक्स पत्ता लगाएका थिए । लिलामीका क्रममा सातजना बढाबढमा सामेल थिए । एपेक्स १५० मिलियन वर्ष (१५ करोड वर्ष)अघि पृथ्वीमा रहेको मानिएको छ । यसअघि, अर्को डाइनोसरको जीवाश्म सन् २०२० मा ३१.८ मिलियन डलरमा बिक्री भएको थियो । स्टान पनि भनिने त्यसको नाम टाइरानोसाउरस रेक्स थियो । बीबीसीबाट ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका