जोडिनुहोस
  • होमपेज
  • अर्थतन्त्रमा सुधार आउँछ : अर्थमन्त्री पौडेल

अर्थतन्त्रमा सुधार आउँछ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आमनागरिकको निराशालाई चिर्दै अर्थतन्त्र सुधारको बाटोमा अघि बढ्ने बताएका छन् ।

बिहीबार सिंहदरबारमा नेपाल उद्योग परिसंघसँगको छलफलका क्रममा पौडेलले निराशा चिर्दे आशा जगाउने उपायको खोजी गर्दै सरकार अर्थतन्त्र सुधारको बाटोमा अघि बढ्ने बताए । निजी क्षेत्रको मनोबल खस्किए मुलुकको अर्थतन्त्र नै धरासयी बन्ने भएकाले यसतर्फ मन्त्रालयले विशेष ध्यान दिने उनको भनाइ थियो ।

उनले अर्थतन्त्रमा देखिएको समस्याको चाङप्रति आफू गम्भीर रहेकाले निजी क्षेत्रलाई पनि सँगै लिएर अघि बढ्ने उल्लेख गरे । आन्तरिक र बाह्य कारण देखिएको समस्यालाई समाधान गर्न स्थिर सरकार बनेको उनको भनाइ छ ।

सरकारको सूचीमा अर्को एउटा सरकार बनाउने र फोटा टाँस्नका लागि मात्रै सरकार गठन नभएको भन्दै उनले समस्या समाधानका लागि नै सरकारको सम्पूर्ण ध्यान केन्द्रित गर्ने जिकिर गरे । सो क्रममा नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष राजेशकुमार अग्रवालले अहिलेको अवस्थामा निजी क्षेत्रले भोग्नुपरेको समस्याका बारेमा अर्थमन्त्रीलाई अवगत गराएका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका