जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • परराष्ट्रमन्त्री राणासँग एनआरएनए पदाधिकारीको भेट

परराष्ट्रमन्त्री राणासँग एनआरएनए पदाधिकारीको भेट

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)को टोलीले नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजु राणासँग भेटघाट गरेको छ ।

एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको नेतृत्वमा भएको टोलीले मन्त्री राणाको सफल कार्यकालको लागि बधाई तथा शुभकामना दिएको थियो । विहीबार काठमाडौंमा भएको भेटमा संघका अध्यक्ष डा. बद्री केसीले परराष्ट्रमन्त्री समक्ष एनआरएन अभियानका समसामयिक महत्त्वपूर्ण विषयबारे जानकारी गराएका थिए । मन्त्री राणाले एनआरएन अभियानसँग जोडिएर मुलुकको समृद्धिका लागि रचनात्मक सहकार्य गर्ने बचनवद्धता व्यक्त गरेकी थिइन् ।

भेटमा एनआरएनए उपाध्यक्ष रोजिना प्रधान, अर्जुन श्रेष्ठ लगायतको उपस्थिति थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका