जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा २००० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हो ।

महासङ्घका अनुसार आज छापावाल सुन एक लाख ४७ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख ४६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस अघि बिहीबार छापावाल सुन तोलाको एक लाख ४९ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ३० रुपियाँ घटेर तोलाको १८३० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका