जोडिनुहोस
  • होमपेज
  • मौद्रिक नीति आज सार्वजनिक नहुने

मौद्रिक नीति आज सार्वजनिक नहुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गर्ने भनेको मौद्रिक नीति २०८१/०८२ सार्वजनिक नहुने भएको छ । मौद्रिक नीति पास गर्न बसेको बोर्ड बैठकका एक सदस्यका अनुसार हिजो नियुक्त भएका प्रधानमन्त्रीका आर्थिक सल्लाहकारले अध्ययन गरेपछि मात्र सार्वजनिक हुनेछ ।

उनलाई अध्ययन गर्न समय लाग्ने भएकाले आज नै सार्वजनिक नहुने ती सदस्यले बताए । प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा पूर्वअर्थमन्त्री तथा पूर्वगभर्नर डा. युवराज खतिवडा नियुक्त भएका छन् । उनका कारण आज सार्वजनिक हुने भनिएको मौद्रिक नीति केही दिन पछाडि धकेलिएको छ ।

राष्ट्र बैंक स्रोतका अनुसार मौद्रिक नीति पास गर्न आगामी आइतबार पुनः बोर्ड बैठक बस्नेछ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका