जोडिनुहोस
  • होमपेज
  • भारतमा भेटियो सिमलतालबाट बेपत्ता बसका दुई यात्रुको शव

भारतमा भेटियो सिमलतालबाट बेपत्ता बसका दुई यात्रुको शव

काठमाडौं । चितवनको सिमलतालस्थित पहिरोमा परेर बेपत्ता दुईवटा बसका ६२ यात्रुमध्ये २३ जनाको शव फेला परेको छ । शुक्रबार बिहानसम्म हराएकामध्ये २३ जनाको शव फेला परेको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

बिहीबार र शुक्रबार भारतको पश्चिम चम्पारण बगाहामा दुईवटा शव फेला परेको उनले बताए । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोलीले ती शव फेला पारेको जानकारी सशस्त्र प्रहरी बललाई गराएको छ ।

२३ शवमध्ये १४ शवको सनाखत भएको छ । आठ पुरूष र एक महिलाको सनाखत हुन बाँकी छ ।०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र ०३–००६ ख १५१६ नम्बरको एन्जल बस बेपत्ता भएका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका