
काठमाडौं । नेपाल आँखा अस्पतालको मेडिकल डाइरेक्टरमा नेत्ररोग विशेषज्ञ डा. किरण शाक्य नियुक्त भएका छन् ।
अस्पतालको सञ्चालक समिति बैठकले डा. शाक्यलाई शुक्रबार मेडिकल डाइरेक्टरमा नियुक्त गरेको हो । उनी १३ वर्षदेखि नेपाल आँखा अस्पतालमा कार्यरत छन् । यसअघि मेडिकल डाइरेक्टरमा डा.कमलबहादुर खड्का थिए ।