जोडिनुहोस
  • होमपेज
  • संसद भवन चाँडै बनाइसक्न सभामुखले गराए ध्यानाकर्षण

संसद भवन चाँडै बनाइसक्न सभामुखले गराए ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नयाँ संसद भवन निर्माणमा भइरहेको ढिलाइबारे चासो राखेका छन् ।

शुक्रबार सिंहदरबारमा राष्ट्रियसभा अध्यक्षसहित उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, भवन निर्माण आयोजना लगाएत सरोकारवाला निकायसँग छलफल गर्दै सभामुख घिमिरेले संसद भवन निर्माणमा भइरहेको ढिलाइबारे चासो व्यक्त गरेका हुन् ।

नयाँ संसद भवनलाई उच्च प्रविधिमैत्री बनाएर समयमा नै निर्माण सम्पन्न गर्न सभामुखले ध्यानाकर्षण गराए । उनले भवन निर्माण गर्दा प्रविधिका क्षेत्रमा सम्झौता नगर्न पनि निर्देशन दिएका छन् । सभामुख घिमिरेले नयाँ संसद भवन निर्माणको वर्तमान अवस्थाका बारेमा जानकारी लिँदै गुणस्तरीय काममा जोड दिए । एक महिनामा पुन: जानकारी लिने पनि सभामुखले बताए ।

त्यस्तै राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नयाँ संसद भवन निर्माणसम्पन्न गर्ने क्रममा कुनै कमीकमजोरी गर्न नहुने बताए । आधुनिक प्रविधिको प्रयोगका साथै विश्वलाई नमूनाका रुपमा देखाउन सक्ने गरि संसद भवनको निर्माण सम्पन्न गर्नुपर्ने उनको भनाइ छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका