जोडिनुहोस
  • होमपेज
  • १९ वर्षभित्र ‘समृद्ध नेपाल, सुखी नेपाली’को गन्तव्यमा पुग्ने अठोट छ : प्रधानमन्त्री ओली

१९ वर्षभित्र ‘समृद्ध नेपाल, सुखी नेपाली’को गन्तव्यमा पुग्ने अठोट छ : प्रधानमन्त्री ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले १९ वर्षभित्र ‘समृद्ध नेपाल, सुखी नेपाली’को गन्तव्यमा पुग्ने अठोट रहेको बताएका छन् ।

शुक्रबार सिंहदरबारमा एमालेका तर्फबाट सुझाव दिन आयोजित कार्यक्रममा उनले विक्रम संवत २१०० मा पुग्दा उक्त गन्तव्यमा पुग्ने अठोट रहेको सुनाए । उनले एमालेले दिएको सुझावले सरकारलाई काम गर्न सघाउ पुग्ने बताए ।

“सरकारको कामलाई सहज गर्न राजनीतिक सुझाव दिएको छ । सम्बन्धित मन्त्रालय र फाँटमा पठाउँछौँ र यस विषयमा छलफल गर्छौं,” उनले भने, “एमाले मात्रै होइन । अरू पनि राजनीतिक दलले यस्ता सुझाव दिनुभयो भने पार्टीलाई पनि ज्ञान वृद्धि कुरमा सहयोग गर्छ ।”

उनले अहिले कस्तो विचार अघि सारेको छ भन्ने भविष्यका लागि रेकर्ड रहने बताए । एमालेले पार्टीका २८ वटा विभागबाट आएका सुझाव संकलन गरेर सरकारलाई बुझाएको हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका