जोडिनुहोस
  • होमपेज
  • यूएईले नेपाललाई दियो ११६ रनको लक्ष्य

यूएईले नेपाललाई दियो ११६ रनको लक्ष्य

काठमाडौं । एसीसी महिला एसिया कपमा युनाइटेड अरब इमिरेट्स (यूएर्ई)ले नेपालसामु ११६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

श्रीलंकाको धमुल्ला अन्तर्राष्ट्रिय रंगशालामा भइरहेको खेलमा टस हारेर ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ११५ रनको योगफल खडा गरेको हो । यूएईकी खुसी शर्माले सर्वाधिक ३६ रन बनाइन् । उनले ३९ बलमा दुई चौका प्रहार गरिन् । काविशा इगोडेजले २२ रन थपिन् । समाइरा धर्निधर्काले १३ र कप्तान इशा ओजाले १० रन थपे ।

नेपालकी कप्तान इन्दु वर्माले तीन विकेट लिइन् । चार ओभर बलिङ गरेकी इन्दुले १९ रनमात्र खर्चिइन् । सबनम राई, कविता जोशी र कृतिका मरासिनीले समान एक विकेट हात पारे ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै युएई, भारत र पाकिस्तान छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका