जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री ओलीलाई एमालेले दियो सुझाव

प्रधानमन्त्री ओलीलाई एमालेले दियो सुझाव

काठमाडौं । नेकपा (एमाले)ले पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई सुझाव दिएको छ । शुक्रबार सिंहदरबारमा आयोजित कार्यक्रममा एमालेले सरकारसँग सम्बन्धित पार्टीका २८ विभागले दिएको सुझाव बुझाएको हो ।

कार्यक्रममा उपमहासचिव प्रदीप ज्ञवालीले नयाँ सरकारलाई आवश्यक सुझाव दिने निर्णयअनुसार विभागबाट आएको सुझावपत्र तयार गरिएको बताए । सुझावपत्रमा एमालेले सहकारी समस्याको समाधानमा जोड दिएको छ । रकम अपचलन गर्नेलाई कारबाही गर्ने, बचतकर्ताको रकम फिर्ताको व्यवस्था गर्न एमालेले माग गरेको छ ।

“सहकारी समस्याको समाधानमा विशेष जोड दिइएको छ । जनताले गाँस काटेर जम्मा गरेको रकम अपचलन गर्ने सहकारी सञ्चालक, व्यवस्थापक र गैरकानुनी धन्दामा संलग्न व्यवसायीहरूलाई अविलम्ब कडा कानुनी कारबाही गर्न, बचतकर्ताहरूको रकम फिर्ताको व्यवस्था गर्न, सहकारी नियमनमका लागि अधिकार सम्पन्न संरचनामा विशेष जोड दिइएको छ,” सुझावबारे जानकारी दिँदै उपमहासचिव ज्ञवालीले भने ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका